काठमाडौं- नेकपाका नेता देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय अस्मितामाथि गम्भीर आँच पुगेको टिप्पणी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले ओलीको संसद् विघटनको कदमले अस्थिरता बढ्दै जाने र त्यसले राष्ट्रको अस्मितामाथि गम्भीर संकेत पुग्नसक्ने खतरा औंल्याए ।
‘प्रतिनिधिसभा विघटनले अस्थिरता बढ्दै राज्य अराजक हुने देखिएको छ,’ प्रचण्ड नेपाल समूहको नेकपाका नेता गुरुङले भने, ‘यसले अन्तगत्वा राष्ट्रिय अस्मितामाथि गम्भीर आँच पुग्ने देखिन्छ ।’
अहिले देशको अस्मितामाथि गम्भीर संकट पुग्ने खतरा देखिएकोले सबै गम्भीर हुनुपर्ने बताए ।