पश्चिमेली भाषा सिक्न स्वस्तिमा बाजुरामा-Sutra News

पश्चिमेली भाषा सिक्न स्वस्तिमा बाजुरामा

सोमबार, २६ माघ २०७७

सोमबार, २६ माघ २०७७

काठमाडौं- अभिनेत्री स्वस्तिमा खड्का यतिखेर बाजुर जिल्लामा छिन् ।



स्वस्तिमा फिल्म ‘चिसो मान्छे’ को वर्कसपका लागि बाजुरा पुगेकी हुन् । स्वस्तिमाको साथमा निर्देशक दिपेन्द्र के खनाल र उनका केही टिम मेम्बर गएका छन् ।

फिल्म ‘चिसो मान्छे’ ले बाजुराको एक परिवार र समाजको कथा बोल्ने छ । जसकारण निर्माण टिम यतिखेर त्यहाँको भाषा, लवज र रहन-सहन बुझन त्यहाँ पुगेका हुन् ।

फिल्ममा स्वस्तिमाले बाजुराकै एक विवाहित महिलाको भूमिका निर्वाह गर्नेछिन् । बाजुरा जानुअघि स्वस्तिमाले काठमाडौंमा त्यहाँ बोलिने लवज सिकिसकेकी छिन् ।

दिपेन्द्र के खनालले निर्देशन गर्ने ‘चिसो मान्छे’ मा शर्मिला पाण्डेको लगानी रहने छ भने फिल्मको फागुन दोस्रो सातबाट छायांकन सुरु हुने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट