काठमाडौं- सरकारले कोभिडविरुद्धको दोस्रो चरणको खोप अभियानअन्तर्गत सोमबारदेखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरेको छ ।
कोभिडविरुद्धको दोस्रो चरणको खोप अभियानअन्तर्गत सोमबारदेखि फ्रन्टलाइनमा खट्ने पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरिएको हो ।
काठमाडौंमा निजामति कर्मचारी अस्पतालमा पत्रकारलाई खोप लगाउने व्यवस्था मिलाइएको छ । कोभिडविरुद्धको खोप लगाएपछि पत्रकारहरुले खुसी व्यक्त गरेका छन् ।
फ्रन्टलाइनमा काम गर्ने पत्रकारलाई सरकारले खोप उपलब्ध गराउनु सकारात्मक भन्दै यसलाई विरोधको रूपमा नलिई सबै पत्रकारले खोप लगाउनुपर्ने बताएका छन् ।