प्रधानमन्त्री ओली राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटोमा: शक्ति बस्नेत-Sutra News

प्रधानमन्त्री ओली राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटोमा: शक्ति बस्नेत

सोमबार, २६ माघ २०७७

सोमबार, २६ माघ २०७७

काठमाडौं- नेकपा प्रचण्ड-नेपाल पक्षका स्थायी कमिटी सदस्य शक्ति बस्नेतले प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार पार्दै गइरहेको बताएका छन् ।



सोमबार शहिद बेपत्ता योद्धा परिवार, बागमती प्रदेशले काठमाडौंमा आयोजना गरेको विरोध र्याली तथा कोणसभामा बोल्दै नेता बस्नेतले प्रधानमन्त्री ओलीको कदमले संघीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्वको अधिकार तथा धर्म निरपेक्षताको अधिकार जोखिममा परेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले यी सबै राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार गर्दै गइरहेको बस्नेतको भनाइ । नेता बस्नेतले प्रधानमन्त्री ओलीले संसद् विघटन, संवैधानिक आयोगमा गरिएका नियुक्ति लगायतलाई हेर्दा सामान्य लोकतान्त्रिक मूल्यमान्यतालाई पनि सम्मान नगरेको बताए ।

ओलीको जनीव्रोधी कदमका विरुद्ध शसक्त ढंगले प्रतिवाद गर्नुपर्ने आवश्यकता पैदा भएको उनको भनाइ छ । बाहिर गएको राजनीतिक प्रणालीलाई मूलधारमा ल्याउनुपर्ने आजको पहिलो प्राथमिकता भएको पनि उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट