केपी ओलीले धाकधक्कु लगाएका मात्रै हुन्, रक्षात्मक अवस्थामा पुगिसकेः प्रचण्ड-Sutra News

केपी ओलीले धाकधक्कु लगाएका मात्रै हुन्, रक्षात्मक अवस्थामा पुगिसकेः प्रचण्ड

सोमबार, २६ माघ २०७७

सोमबार, २६ माघ २०७७

काठमाडौं- नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक अवस्थामा पुगेको बताएका छन् ।



उनले नारायणहिटी अगाडि ३५ हजार मानिस पनि सहभागी नभएको भन्दै प्रधानमन्त्री ओली रक्षात्मक अवस्थामा पुगेको बताएका हुन् ।

आफूनिकट शिक्षक संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओली समूहले धाकधक्कु लगाए पनि जनताले साथ नदिएको प्रचण्डले दाबी गरे ।

‘केपी ओली रक्षात्मक अवस्थामा पुगिसके । उनीहरूको डिफेन्सिभ हुने वातावरण बनिसक्यो । अस्ति धाकधक्कु मात्रै धेरै लगाए’, प्रचण्डले भने । तर, माघ २८ मा राजधानीमा एकताबद्ध भएर जनप्रदर्शन हुने उनले बताए ।

संसद् विघटन गरेर प्रतिगमनको बाटो रोजेपछि केपी ओली हार्न पुगेको प्रचण्डले बताए । आफूले पार्टी एकता बचाउन पाँचै वर्ष प्रधानमन्त्री छोडे पनि ओली समूहले पदको लडाइँ भनेर बद्नाम गराउन खोजेको पनि उनले बताए ।

‘ओली रक्षात्मक अवस्थामा पुगिसके, उनीहरूको सुरक्षा निकायले पनि ३५ हजार बढी थिएनन् भनेपछि गाली झगडा शुरु भएको छ’, प्रचण्डले भने ।

धेरै देखाउन यत्रतत्र राख्दा पनि धेरै मान्छे नभएपछि ओली समूह रक्षात्मक अवस्थामा पुगेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट