काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताएका छन् ।
सोमबार नेपालका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको छैठौँ स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिष्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको ‘संकटमा संविधान’ विषयक विचार गोष्ठिमा बोल्दै महामन्त्री काईरालाले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु नहुने उनको भनाइ छ ।
कांग्रेस आफैं ठूलो शक्ति भएकाले संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने बताउँदै कोइराला आफ्ना कार्यकर्ताहरूलाई समेटेर एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्वल रहेको बताए ।