क्यान्सर जित्ने प्रेरणा ‘क्यान्सरसँगको लडाइँ’ पुस्तक सार्वजनिक-Sutra News

क्यान्सर जित्ने प्रेरणा ‘क्यान्सरसँगको लडाइँ’ पुस्तक सार्वजनिक

सोमबार, २६ माघ २०७७

सोमबार, २६ माघ २०७७

काठमाडौं- क्यासर उपचारको अनुभवमा आधारित पुस्तक ‘क्यान्सरसँगको लडाइँ’ सार्वजनिक भएको छ । प्रा.डा.मुरली रञ्जितद्वारा लिखित पुस्तक विश्व क्यान्सर सप्ताह २०२१ को सन्दर्भमा नेपाल मेडिसिटी अस्पतालमा विमोचन भएको हो ।



क्यान्सर भएको थाहाँ भए पछिका पाँच वर्षमा भोगेका, देखेका, पढेका र सुनेका अनुभवका आधारमा प्रा.डा.रञ्जितले पुस्तकमा उतारिएको छ ।

पुस्तक उनको उपचारमा संलग्न चिकित्सक क्यान्सर विभाग प्रमुख डा.पंकज बर्मन र युरोलोजी विभाग प्रमुख डा. महेश बहादुर अधिकारी, केशव अमात्य फाउण्डेशनकि ट्रष्टी तारा अमात्य, अस्पतालका महाप्रबन्धक विजय रिमाल, मेडिकल सुपरिन्टेन्डेन्ट डा.राज राणाले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।

पुस्तकले क्यान्सर बिरामी र तिनका परिवारजनमा सकारात्मक भावना पैदा गराउन योगदान पुर्याउने अपेक्षा लेखक रञ्जितको छ । कार्यक्रममा क्यान्सरसँग लडिरहेका बिरामी, परिवार, स्वास्थ्यकर्मी र साहित्यिक एवम् सामाजिक क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

क्यान्सरको उपचारलाई आवश्यक चिकित्सक, उपकरण, र औषधिको उपलब्धता नेपालमा सम्भव रहेको विषयलाई आत्मसात् गर्दै सहज वातावरणमा उपचार गराउन आफू हरतरहले अग्रसर रहेको प्रतिक्रिया नेपाल मेडिसिटी अस्पतालका क्यान्सर विभाग प्रमुख डा. पंकज बर्मनले दिए ।

त्यस्तै, युरोजोजी विभाग प्रमुख वरिष्ठ युरोसर्जन डा.महेश बहादुर अधिकारीले औषधि मात्र नभई क्यान्सर रोगका बिरामीलाई हौसलाको पनि उत्तिकै खाँचो रहेको अनुभव साटे ।

हरेक समस्याका बिरामीका लागि आफू र आफ्नो टिम त्यस अनुकूलको वातावरण निर्माणमा सधैं लागि परेकोमा उनले बताए । त्यस्तै, नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले अस्पतालमा यस प्रकारको जनचेतनामूलक कार्यक्रमको आयोजना गर्न पाएकोमा खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट