मोरक्कोमा भीषण वर्षा र बाढीका कारण कम्तीमा २४ जनाको मृत्यु-Sutra News

मोरक्कोमा भीषण वर्षा र बाढीका कारण कम्तीमा २४ जनाको मृत्यु

मंगलबार, २७ माघ २०७७

मंगलबार, २७ माघ २०७७

काठमाडौं- अत्याधिक ठूलो बाढीपहिराका कारण मोरक्कोमा कम्तीमा २४ जनाको मृत्यु भएको छ ।



देशको उत्तरतर्फ पर्ने तान्गीरमा सोमबार आएको बाढीमा उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

घटनास्थलबाट उद्धारकर्मीहरूले अरु १० जनलाई उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेका छन् ।

उनीहरूका अनुसार घटनास्थलमा खोजी तथा उद्धारका प्रयासहरू अहिले पनि जारी नै रहेका छन् ।

घटनामा कमदारहरू पनि परेको र उनीहरूको संख्या यकिन हुन नसकेको अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट