जो बाइडेन र मोदीबिच टेलिफोन वार्ताः कुरा के भयो ?-Sutra News

जो बाइडेन र मोदीबिच टेलिफोन वार्ताः कुरा के भयो ?

मंगलबार, २७ माघ २०७७

मंगलबार, २७ माघ २०७७

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएको छ । मोदीले ट्विटमार्फत आफूहरुबिच फोनमा वार्ता भएको जानकारी दिएका छन् ।



मोदीले भनेका छन्, ‘राष्ट्रपति जो बाइडेनसँग कुरा भयो । उनलाई मैले सफलताका लागि शुभकामना दिएँ । हामीले क्षेत्रीय मुद्दा र आफ्ना साझा प्राथमिकताकाबारे चर्चा गर्‍यौँ । साथै जलवायु परिवर्तन रोक्नका लागि सहयोग बढाउने विषयमा पनि सहमति जाहेर गर्‍यौँ ।’

एक अर्को ट्विटमा मोदीले भनेका छन्, ‘राष्ट्रपति बाइडेन र म नियम आधारित अन्तर्राष्ट्रिय व्यवस्थाका लागि प्रतिबद्ध छौँ । हामी एशिया–प्रशान्त क्षेत्रको शान्ति तथा सुरक्षाका लागि आफ्नो रणनीतिक साझेदारीलाई अझ बलियो पार्न इच्छुक छौँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट