काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज विहान ११ बजे निर्वाचन आयोग जाने भएका छन् ।
नेकपा विवाद र आगामी वैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको निर्वाचनको तयारीका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली आयोग जान लागेका हुन् ।
आयोगले यसअघि माघ १६ गते नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।