काठमाडौं- लियोनल मेस्सी गत दशकको सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् ।
उनलाई इन्टरनेशनल फेडेरेशन अफ फुटबल हिस्ट्री एण्ड स्टाटेस्टिक्स (आइएफएफएचएस) ले सो उपाधि प्रदान गरेको हो ।
सो संस्थाले गत दशकको सर्वोत्कृष्ट पुरुष खेलाडी छनौटका लागि विश्वका १५० देशमा रहेका आफ्ना सदस्यहरुबाट मतदान गराएको थियो ।
मेस्सीले युभेन्टसका क्रिष्टियानो रोनाल्डो, पिएसजीका नेइमार तथा बार्सिलोनाका पूर्वखेलाडी आन्द्रेस इनिएस्टालाई पछि पारेर उपाधि जितेका हुन् ।
गत दशकमा मेस्सीले ६ पटक ला लिगा, पाँच पटक कोपा डेल रे, दुई पटक च्याम्पियन्स लिग तथा चार पटक बोलोन डी’ओर जितेका थिए ।
आइएफएफएचएसले महादेशीय खेलाडीको नाम पनि घोषित गरेको छ । रोनाल्डो युरोपेली क्षेत्रको दशक खेलाडी घोषित भएका छन् ।
मेस्सी दक्षिण अमेरिकी दशक खेलाडी पनि बनेका छन् ।