काठमाडौं- सरकारले वैशाख १७ गते पहिलो चरणमा ४० जिल्लामा चुनाव गर्ने भएको छ ।
पुस ५ गते प्रतिनिधिसभा चुनाव घोषणा गरेर घोषित मध्यावधि चुनावमा सरकारले पहिलो चरणमा ४० र दोस्रो चरणमा बाँकी ३७ जिल्लामा चुनाव गर्ने निर्णय सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
मन्त्रिपरिषद्का एक सदस्यका अनुसार वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा चुनाव हुने भएको हो ।
त्यस्तै वैशाख २७ गते कर्णाली, बागमती र प्रदेश १ मा मध्यावधि चुनाव गर्ने निर्णय भएको छ ।
प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै परेका रिटहरु सर्वोच्चमा विचाराधीन अवस्थामा छन् ।