विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त-Sutra News

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

मंगलबार, २७ माघ २०७७

मंगलबार, २७ माघ २०७७

काठमाडौं– सरकारले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यवाहक कार्यकारी निर्देशक शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।



तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरणमा रहेका उपकार्यकारीमध्येबाट लेखनाथ कोइरालालाई वरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए । तर, घिसिङको पुर्ननियुक्त गर्न असहमत भएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको बरिष्ठ अधिकारीलाई पन्छाएर कनिष्ठलाई निमित्तको जिम्मा दिएको भन्दै मन्त्री पुनसँग असन्तुष्टि पोखेका थिए ।

ऊर्जा मन्त्रालयले शाक्यलाई कात्तिक २१ गते प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको थियो । त्यसपछि उनलाई कायममुकायमको जिम्मेवारी दिइएको थियो । त्यसपछि शाक्यलाई प्राधिकरणको नेतृत्वमा ल्याइएको थियो ।

शाक्य प्राधिकरण आउनुअघि प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङको नेतृत्वमा थिए । शाक्य प्रसारणलाइनका जानकार मानिन्छन् । उनी २०७३ अघि अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तरगत तयारी चरणको परियोजनामा पनि खटिएका थिए । शाक्यले बीई गरेका छन् भने प्रणाली सञ्चालनमा स्नातकोत्तर पनि गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट