काठमाडौं- सरकारले माघ ३० गते सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबारको मन्त्रिपरिषदको बैठकले सोनाम ल्होछारको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सरकारले यसअघि माघे संक्रान्ति,सोनाम ल्होछार जस्ता चाडका दिन दिदै आएको सार्वजनिक विदा कटौती गरेको थियो । सरकारको कार्यदिन बढाउन भन्दै यस्ता विदा कटौती गरेको हो ।
तामाङ, ह्योल्मोलगायत हिमाली समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् ।
सरकारले २०५१ सालदेखि सोनाम ल्होछारको दिन बिदा दिँदै आएको थियो । तर केपी शर्मा ओली नेतृत्वको सरकारले २०७४ सालदेखि सो दिनको बिदा कटौती गरेको थियो ।
सो वर्ष पुरै बिदा दिने गरिएका १० वटालाई आंशिक बनाइएको थियो भने १२ वटा बिदा पूर्णरुपमा कटौती गरिएको थियो ।