२६ औं मानवअधिकार पुरस्कार-२०७६ डा.विश्वकर्मालाई-Sutra News

२६ औं मानवअधिकार पुरस्कार-२०७६ डा.विश्वकर्मालाई

मंगलबार, २७ माघ २०७७

मंगलबार, २७ माघ २०७७

काठमाडौं- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २६ औँ मानव अधिकार पुरस्कार डा.रुपचन्द्र विश्वकर्मालाई प्रदान गरेको छ ।



मंगलबार मानवअधिकारवादी योद्धा स्व.प्रकाश काफ्लेको २८ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा डा.विश्वकर्मालाई २६ औं मानवअधिकार पुरस्कार २०७६ प्रदान गरिएको हो ।

बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका–५ का स्थायी बासिन्दा डा.विश्वकर्मा बाजुरा जिल्लाको नागरिकको स्वास्थ्य सेवामा सर्मपित व्यक्तित्वको रूपमा परिचित छन् ।

बिगत ३ वर्षदेखि बाजुरा जिल्लामा रहेर नागरिकको स्वास्थ्य सुधारका लागि पहलकदमी लिदै दुर्गम जिल्लामा बसी स्वास्थ्य सेवा सुधार र विपन्न वर्गको पहुँच अभिवृद्धिको काम गरिएको भन्दै उनलाई सम्मान गरिएको इन्सेकका कार्यकारी निर्देशक बिजयराज गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट