को-को रैछन् ऋषिराजको ‘चुरीफुरी’ मा ?-Sutra News

को-को रैछन् ऋषिराजको ‘चुरीफुरी’ मा ?

मंगलबार, २७ माघ २०७७

मंगलबार, २७ माघ २०७७

काठमाडौं- ‘चुरीफुरी’ फिल्ममा को–को छन् त हिरो–हिरोइन ? त्यो कुरा अन्ततः खुलासा भएको छ । हिरो-हिरोइन गोप्य राखेर पुस अन्तिमबाट सुटिङ थालिएको फिल्मबाट चर्चित युवा मोडल अभिषेक श्रेष्ठले ठूलो पर्दामा डेब्यु गरेका छन् ।



ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशन रहेको फिल्ममा अभिषेकका साथमा नवप्रतिभाहरू पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजीवजंग बस्नेत भूमिकामा रहेको खबर बाहिरिएको छ ।

समसामयिक विषयमा हास्य प्रदान प्रस्तुति रहेको फिल्ममा नयाँ युवाका साथमा फिल्म तथा टेलिभिजनका चर्चित कलाकर्मीहरू रबिन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनीता श्रेष्ठ तथा ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, मनिल तामाङ, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, सरिस्मा मगरलगायतले अभिनय गरेका छन् ।

नयाँ कलाकारहरू अडिसनबाट चयन गरिएको निर्देशक आचार्यले बताएका छन् । उनका अनुसार ‘चुरीफुरी’ को अडिसनमा करिब ८ सय युवाले प्रतिस्पर्धा गरेका थिए । आरबि मुभीजको ब्यानरमा निर्देशक आचार्य स्वयम् र रिना ढकाल निर्माता रहेको फिल्मको सहनिर्मातामा बिमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् ।

राहुल राईले खिचेको फिल्ममा भिमफेदी गाइजको कोरियोग्राफी, बिजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत छ । नवीन निरौलाले सम्पादन गर्ने फिल्मको सुटिङ अन्तिम चरणमा पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट