काठमाडौं- नेपाल प्रेस युनियन काठमाडौं शाखाले केन्द्रिय महाधिवेशनको आयोजक बन्ने प्रस्ताव गरेको छ । शाखा अध्यक्ष जगन्नाथ दुलालको अध्यक्षतामा मंगलबार बसेको कार्यसमिति बैठकले महाधिवेशनको आयोजनाका लागि केन्द्रीय समितिलाई आग्रह गर्ने निर्णय गरेको हो ।
बर्दियामा सम्पन्न केन्द्रिय समिति बैठकले केन्द्रिय महाधिवेशन आगामी जेठ १३ र १४ गते गर्ने तय गरेपनि स्थान भने तोकेको थिएन । केन्द्रिय समितिले स्थान नतोकेको अवस्थामा काठमाडौंले आयोजक बन्ने प्रस्ताव गरेको हो ।
अध्यक्ष दुलालले केन्द्रिय महाधिवेशनका लागि सबैलाई काठमाडौं सहज हुने र झण्डै आधा महाधिवेशन प्रतिनिधि काठमाडौ र आसपासमै रहेकाले महाधिवेशनको खर्च पनि कम हुने र व्यवस्थापन पनि सहज हुने बताएका छन् ।
त्यस्तै, बैठकले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगरिरहेका सञ्चार गृहलाई तत्काल कार्यान्वयन गर्न पनि ध्यानाकर्षण गराएको छ ।