संखुवासभा- भोटखोला गाउँपालिका–१ को किमाथाङ्कामा चिसो बढेसँगै भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।
भोटखोलाको सो क्षेत्रमा शनिबारदेखि आजसम्म हिमपात भइरहेको कारण किमाथाङ्का र उत्तरी क्षेत्र चीनको देनडाङ क्षेत्रमा भएको बाक्लो हिमपातले त्यहाँको जनजीवन प्रभावित भएको किमाथाङ्कास्थित सीमा प्रहरी चौकीले जानकारी दिएको छ ।
देशभर केही दिनदेखि चिसो बढेको छ । मौसमविद्का अनुसार आगामी तीन दिन हिमपातसँगै वर्ष हुनेछ ।