काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको उत्तराखण्डमा हिमनदी विस्फोट भई आएको बाढीका कारण जनधनको क्षति भएको दुःख व्यक्त गरेकी छिन् ।
उनले शोकाकुल परिवारमा गहिरो समवेदना पनि व्यक्त गरेकी छिन् । भण्डारीले ट्वीट गर्दै जलवायु परिवर्तनले ल्याएको चुनौतिको सामना गर्न हिमालय क्षेत्रका राष्ट्रबीच बलियो समन्वय जरुरी भएको समेत उल्लेख गरेकी छिन् ।
आइतबार उत्तराखण्डमा भएको दुर्घटनामा २०० भन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ । जलवायु परिवर्तन उक्त घटनामा जिम्मेवार भएको निष्कर्ष निकाल्दै अन्तराष्ट्रिय संचारमाध्यमले यसप्रति गम्भिर बन्नुपर्ने धारणा समेत औंल्याएका छन् ।
मित्रराष्ट्र भारतको उत्तराखण्डमा हिमनदी विस्फोट भई आएको बाढीका कारण जनधनको ठूलो क्षति भएकोमा दु:ख व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु । यस घटनाबाट जलवायु परिवर्तनले ल्याएको चुनौतीको सामना गर्न हिमालय क्षेत्रका राष्ट्रहरू बीच अझ बलियो समन्वय जरुरी देखिएको छ।
— Bidya Devi Bhandari (@PresidentofNP) February 10, 2021