बालिका बलात्कार र महिला हत्याको संरक्षण गर्ने गृहमन्त्रीलाई ओलीले कान्छो छोरो बनाएः अन्जना बिसंखे-Sutra News

बालिका बलात्कार र महिला हत्याको संरक्षण गर्ने गृहमन्त्रीलाई ओलीले कान्छो छोरो बनाएः अन्जना बिसंखे

बुधबार, २८ माघ २०७७

बुधबार, २८ माघ २०७७

काठमाडाैं- प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेतृ अञ्जना बिसंखेले बालिका बलात्कार र महिला हत्याको संरक्षण गर्ने गृहमन्त्री रामबहादुर थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले कान्छो छोरो बनाएर राखेको बताएकी छन् ।



प्रतिनिधिसभा विघटनका विरुद्ध नेकपाको प्रचण्ड-नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेतृ बिसंखेले दलित हत्या, बालिका बलात्कार र महिला हत्यामा गृहमन्त्री रामबहादुर थापाले प्रहरी प्रशासनलाई मुकदर्शक बनाएको आरोप लगाइन् ।

‘निर्मला पन्त, सम्झना विक, भागरथीको हत्या र बलात्कार, ३ हजार ३४७ महिलाको हत्या र १७ जनाको बलात्कारको जिम्मेबारी बोकेका, बलात्कारमा ताबेदारी गर्ने गृहमन्त्रीलाई तपाईं (केपी ओली)ले कान्छो छोरो बनाएर राख्नु भएको छ’, उनले भनिन्, ‘बा बन्नु भएको छ, के त्यो गृहमन्त्रीलाई संरक्षण गर्ने प्रचण्ड हो ?’

उनले रुकुममा ६ जना दलित युवाको सामूहिक नरसंहार हुँदा पनि गृहमन्त्रीले प्रहरी प्रशासनलाई मुकदर्शक बनाएको आरोप लगाइन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट