संविधान र संघीयतालाई ओलीले पदसँग साटेको शर्माको आरोप-Sutra News

संविधान र संघीयतालाई ओलीले पदसँग साटेको शर्माको आरोप

बुधबार, २८ माघ २०७७

बुधबार, २८ माघ २०७७

काठमाडौं- नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले संविधान र संघीयतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पदसँग साटेको आरोप लगााएका छन् ।



प्रदर्शनीमार्ग भृकुटीमण्डमा भएको विरोधसभामा नेता शर्माले नेपाली जनताको अधिकारलाई सुरक्षित गर्ने उदेश्य आफुहरुको भएको बताउँदै संविधानको रक्षा गर्न आन्दोलनमा उत्रिएको बताए ।

जनताको विद्रोहले संघियता विरोधीलाई समाप्त पार्ने उनले चेतावनी समेत दिएका छन् ।

उनले थपे,‘यदि जनताको आवाज नसुनेमा आज यहाँ भइरहेको शान्तिपुर्ण आन्दोलन, केवल आवाज लिएर आएका जनता कुन दिन विद्रोहमा उत्रिनेछन् र विद्रोह हुनेछ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट