काठमाडौं- विरोधसभालाई सम्बोधन गर्ने क्रममा नेकपा प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ऋषि धमलालगायत पत्रकारलाई थर्काएका छन् ।
उनले सम्बोधन गर्दैगर्दा धमलाले दर्शकदीर्घामा कुराकानी गर्न थालेपछि श्रेष्ठले थर्काएका हुन् । भाषण राेकेरै श्रेष्ठले भने,‘पत्रकार साथीहरु तपाईंहरु चुप लाग्नुस्, यताउता नगर्नुनुस् ।’
निकै आक्रामक ढंगमा प्रस्तुत भएका श्रेष्ठले पत्रकार ऋषि धमालाको नामै किटेर भने, ‘अन्तरवार्ता गर्ने भए सभा सकिएपछि गर्नुस्, अहिले यताउता नगर्नुस् ।’
केहीबेर पत्रकार थर्काएपछि श्रेष्ठले भाषणलाई निरन्तरता दिएका छन् ।