राजीनामा दिएर पश्चाताप गर्न ओलीलाई सुझाव दिंदै प्रचण्डले भने-जनताको पीडा बुझ्नुभएन भने सिंहदरबार र बालुवाटार घेर्ने दिन आउँछ-Sutra News

राजीनामा दिएर पश्चाताप गर्न ओलीलाई सुझाव दिंदै प्रचण्डले भने-जनताको पीडा बुझ्नुभएन भने सिंहदरबार र बालुवाटार घेर्ने दिन आउँछ

बुधबार, २८ माघ २०७७

बुधबार, २८ माघ २०७७

काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिएर पश्चाताप गर्न सुझाव दिएका छन् ।



आफ्नाे समूहले बुधबार राजधानीमा गरेको शक्ति प्रदर्शन सभामा बोल्दै प्रचण्डले राजीनामा दिएर पश्चाताप गर्न सुझाव दिएका हुन् ।

प्रचण्डले भने, ‘तपाईंसँग अझैपनि सानो ठाउँ छ । राजीनामा दिएर पश्चाताप गर्नुस् ।’ केपी ओली जनताको शरण छाडेर भगवानको शरणमा पुगेको भन्दै प्रचण्डले ‘हाम्रो भगवान जनता हुन् । हामी तपाईंहरुको शरणमा छौँ’ भन्दै प्रदर्शनमा सहभागीलाई ढाडस दिए ।

प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने अवस्था आउन सक्ने पनि बताए ।

प्रचण्डले भने, ‘केपीजी देख्नुभयो, सभा कस्तो हुन्छ । विरोध र प्रदर्शन कस्तो हुन्छ ? जनताको पीडा बुझ्नुभएन भने सिंहदरबार र बालुवाटार घेर्ने दिन आउँछन् । जरूरी पर्‍यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्नेछौं ।’

प्रधानमन्त्री ओलीले लोकतन्त्रको हत्या गरेकोसमेत प्रचण्डले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट