राष्ट्रिय महिला लिगः एपीएफका अगाडि चन्द्रपुर निरीह, सावित्राको ६ गोल-Sutra News

राष्ट्रिय महिला लिगः एपीएफका अगाडि चन्द्रपुर निरीह, सावित्राको ६ गोल

बुधबार, २८ माघ २०७७

बुधबार, २८ माघ २०७७

काठमाडौं- विभागीय टोली एपीएफले काठमाडौं बाहिरको टोली चन्द्रपुर नगरपालिकालाई हराउँदै राजधानीमा जारी राष्ट्रिय महिला लिगमा अपराजित यात्रालाई बुधबार पनि निरन्तरता दिएको छ ।



ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न एक मात्र खेलमा एपीएफले अपराजित यात्रालाई निरन्तरता दिएको हो ।

एपीएफले जित निकाल्दा स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिक सहित ६ गोल गरिन । यस्तै कप्तान अनिता बस्नेतले २ गोल गरिन् । पहिलो मिनेटमा नै गोलको खाता खोलेकी अनिताले ५४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्न सफल भएकी थिइन् ।

ह्याट्रिकसहित ६ गोल गरेकी सावित्राले छैटौं, ३३औं, ४७औं, ६०औं, ६२औं र ७९औं मिनेटमा गोल गरेकी हुन् । यस सँगै एपीएफले जारी लिगमा अगातार आठौं जित निकालेको छ । एपिएफले ८ खेलबाट २४ अंक जोडेको छ । जितपछि एपीएफले उपाधि उचाल्ने सम्भावनालाई बलियो बनाएको छ ।

पराजित चन्द्रपुरले ८ खेलमा ६ अंक जोडेको छ । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ । लिगअन्तर्गत बिहीबार दुई खेल हुनेछ । पहिलो खेलमा चौदण्डीगढीले वालिङको सामना गर्नेछ । त्यस्तै दोस्रो खेलमा आर्मीले विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट