काठमाडौं- नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी ओलीले संविधानलाई तहसनहस गरेर मुलुकलाई दुर्घटनाको दिशामा लगेको बताएका छन् ।
आफ्नो पार्टीले बुधबार प्रतिगमनविरुद्ध काठमाडौंमा गरेको विरोधसभामा बोल्दै नेता झाले हिटलरको प्रसंग उल्लेख गर्दे दुनियाँका तानाशाहाहरूले झुटलाई पोलिस गरेर सत्य जस्तै गरेर भ्रम छर्ने गरेको र केपी ओली पनि त्यस्तै तानाशाहा भएको आरोप लगाए ।
उनले भने, ‘दुनियाँका तानाशाहाहरू झुटलाई पोलिस गरेर सत्यको दर्जासम्म पुर्याउने सामथ्र्य राख्छन् ती मध्ये केपी ओली पनि एक हुन् । उनले झुटलाई डेन्टीङपेन्टीङ गरेर सत्य हो कि भन्ने ढंगले बोल्ने जुन शैली थियो ।’
उनले प्रधानमन्त्री केपी ओलीमा पनि तानाशाह हिटलर जस्तै जिन्दगीभर झुट बोल्ने पात्रको रूपमा रहेको बताए ।