ललिता निवास प्रकरण पुनः ब्युँताउने अख्तियार प्रमुखको तयारी-Sutra News

ललिता निवास प्रकरण पुनः ब्युँताउने अख्तियार प्रमुखको तयारी

बिहिबार, २९ माघ २०७७

बिहिबार, २९ माघ २०७७

काठमाडौं- अख्तियारले ललिता निवास प्रकरण पुनः ब्युँताउने तयारी गरेको छ । आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले ललिता निवास प्रकरण पुनः ब्युँताउने तयारी भएको संकेत गरेका छन् ।



उनले सरकारी, सार्वजनिक जमीन अतिक्रमण गर्नेलाई अनुसन्धान गरी कारबाहीको दायरमा ल्याउने बताए । आयोगद्वारा बुधबार आयोजित कार्यक्रममा नवनियुक्त प्रमुख आयुक्त राईले सार्वजनिक भूमि व्यवस्थापन गर्न चुनौतीपूर्ण रहेको बताए ।

यस्तै, उनले औषधिलगायतमा भएका भ्रष्टाचार सम्बन्धी थुप्रै उजुरी आयोगमा दर्ता भएको जानकारी दिए । त्यसलाई प्राथमिकता दिएर घुसखोरी र विचौलियालाई निगरानी गर्न विशेष टोली खटाइने उनको भनाइ थियो ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

यो प्रकरणमा भ्रष्टाचारमा मुछिनेमा तत्कालीन तीन सचिवसहित विशिष्ट श्रेणीका ६ उच्च पदस्थ पदाधिकारी पनि छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट