दाङ- भाइले चलाएको भरुवा बन्दुकको गोली लागेर दाइको मृत्यु भएको छ ।
गढवा गाउँपालिका-२ चिमचिमेको तिरतिरे जंगलमा सिकार खेल्न गएका ३९ वर्षीय इन्द्रबहादुर रानाको मृत्यु भएको हो ।
२७ वर्षीय सूर्यबहादुर रानाले चलाएको गोली उनकै दाजु इन्द्रबहादुरलाई लागेको हो ।
जंगलमा सिकार खेल्ने क्रममा भालु आएको जस्तो देखेपछि भाइले फायर खोल्दा दाइको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।