शौचालय गएकी बालिकाको अपहरणपछि बलात्कार-Sutra News

शौचालय गएकी बालिकाको अपहरणपछि बलात्कार

बिहिबार, २९ माघ २०७७

बिहिबार, २९ माघ २०७७

मोरङ- शौचालय गएकी १४ वर्षीया बालिकाको दुई युवकले अपहरण गरी बलात्कार गरेका छन् । जहदा गाउँपालिका-१ की बालिकाको अपहरण गरी दुई युवकले बलात्कार गरेका हुन् ।



आफन्तका अनुसार सोमबार राति साढे ९ बजेको समयमा पिसाब फेर्न घरबाहिर निस्किएकी बालिकालाई दुई युवकले अपहरणको शैलीमा मोटरसाइकलमा राखी लगेका थिए ।

उनीहरुले दुई घण्टापछि बालिकालाई उनकै घरनजिक ल्याएर छाडी भागेका नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट