बाइडेन र सीबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?-Sutra News

बाइडेन र सीबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

बिहिबार, २९ माघ २०७७

बिहिबार, २९ माघ २०७७

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ ।



अमेरिकी राष्ट्रपति बनेपछि बाइडेन र चिनियाँ समकक्षी सीबीच पहिलो पटक कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

चिनियाँको नयाँ वर्ष ‘लुनार’ को पूर्वसन्ध्यामा बाइडेनले सीलाई शुभकामना दिएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

बाइडेन-सीबीचको टेलिफोन कुराकानीमा अरू के-के विषयमा छलफल भयो भन्नेबारे केही खुलाइएको छैन ।

बाइडेनले यसअघि रूसी राष्ट्रपति भ्लादमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि टेलिफोन कुराकानी गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट