काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आपत्तिजनक भाषा प्रयोग गरेका भन्दै आलोचना गरिएकी नेकपा (प्रचण्ड–नेपाल समूह) की नेतृ रामकुमारी झाँक्रीलाई छलफलका लागि प्रहरीले बोलाएको छ ।
महानगरीय अपराध महाशाखाले नेतृ झाँक्रीलाई छलफलका लागि बोलाएको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए ।
झाँक्रीविरुद्ध कसैले उजुरी दिएका छैनन् । तर प्रहरी आफैले चासो दिएर छलफलका लागि बोलाएको एसएसपी थापाले बताए । नआएमा आवश्यक प्रक्रिया अघि बढाउने उनले बताएका छन् ।