काठमाडौं- नेकपाको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पुर्जि थमाएको छ ।
उनलाई थमाइएको पक्राउ पुर्जिमा राज्यविरुद्ध अपराध गरेको आरोप लगाइएको छ ।
उनलाई पक्राउ गर्न शंखमूलस्थित निवासमा पुगेको महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ पुर्जि थमाएको हो ।
आफूलाई पक्राउ गर्न आएका प्रहरीसमक्ष पक्राउ पुर्जीबेगर नजाने झाँक्रीले अडान राखेकी थिइन् ।