काठमाडौं- नेपाली कांग्रेस नेता गगन थापाले रामकुमारी झाँक्रीलाई पक्राउ गरेकोमा आपत्ति जनाएका छन् ।
उनले असंवैधानीक र अलोकतान्त्रीक काम गर्दा प्रश्न गर्नेलाई पहिले महाराजा र अहिले राष्ट्रपतिले झ्यालखानामा राखेर तर्साउन खोजेको बताएका छन् । झाँक्री पक्राउ लगत्तै सामाजिक सञ्जाल ट्वीटरमा थापाले भनेका छन, ‘सरकार झ्यालखानाको संख्या थप,किनकी सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन् ।’
उनले ट्वीटमा झाँक्रीको नाम भने उल्लेख गरेका छैनन् ।
कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति!
सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।— Gagan Thapa (@thapagk) February 11, 2021