झाँक्रीलाई राज्यले अपरहण गर्यो, यसविरुद्ध अदालत जान्छौं : प्रचण्ड-माधव समूह-Sutra News

झाँक्रीलाई राज्यले अपरहण गर्यो, यसविरुद्ध अदालत जान्छौं : प्रचण्ड-माधव समूह

बिहिबार, २९ माघ २०७७

बिहिबार, २९ माघ २०७७

काठमाडौं- नेकपा प्रचण्ड-माधव समूहले नेतृ रामकुमारी झाँक्रीलाई राज्य अपरहण गरेको बताएको छ । झाँक्रीको गिरफ्तारी पक्राउ नभई राज्यले गरेको अपरहण गरेको बिहीबार विज्ञप्ति जारी गरेर जनाएको हो ।



नेतृ झाँक्री पक्राउका सम्बन्धमा गरेको छलफलपछि सो पक्षले भनेको छ,‘नेपाली जनताले संघर्ष गरेर प्राप्त गरेको लोकतन्त्र र नेपालको संविधानबाट प्राप्त जनताको अधिकारमाथि सर्वसत्तावादी कोणबाट गरिएको आक्रमण हो । यो अपहरण हो । यसको घोर निन्दा र भत्सर्ना गर्दछौँ । यसविरुद्ध हामी अदालत जाने छौं ।’

नेकपा नेतृ झाँक्रीलाई प्रहरीले बिहीबार राज्य विरुद्धको कसुरमा प्रक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट