प्रधानमन्त्री ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरियो : प्रचण्ड-Sutra News

प्रधानमन्त्री ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरियो : प्रचण्ड

बिहिबार, २९ माघ २०७७

बिहिबार, २९ माघ २०७७

काठमाडौं– नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् । बिहीबार पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले झाँक्रीलाई प्रधानमन्त्रीको ठाडो आदेशमा प्रक्राउ गरिएको बताएका हुन् ।



उनले रामकुमारीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताए । ‘रामकुमारीले लोकतन्त्रप्रति प्रखर रुपमा बोल्नुभयो भनेर पक्राउ गरियो । यो लोकतन्त्रमाथिको आक्रमण हो’, प्रचण्डले भने ।

‘रामकुमारी झाँक्रीलाई प्रहरीले हिजोदेखि पक्राउ गर्न बल गरेको थियो । तथाकथित राष्ट्रपतिका बारेमा गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा पुलिसलाई जसरी पनि पक्राउ गर्नुपर्छ भन्ने थियो,’ प्रचण्डले भने, ‘हामीले रोक्न बल गर्‍यौं हिजो बेलुकासम्म पनि । अहिले भर्खर जबरजस्ती पक्राउ गरेर लगेका छन् । कम्युनिष्ट पार्टीप्रति हमला भएको छ ।’

प्रचण्डले लोकतन्त्रको पक्षमा आफ्ना विचार राख्नेमाथि ताला लगाउने काम भएको बताए । ‘मलाई लाग्छ उहाँ छुटिहाल्नु होला । तर, उनीहरुले कहाँ हमला गर्न खोजेका छन् भने जसले लोकतन्त्रको पक्षमा प्रखर ढंगले आफ्नो विचारहरु राख्ने काम गर्यो । त्यो विचार, लोकतन्त्रमाथि ताला जगाउने षडयन्त्र भएको छ,’ उनले भने ।

राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार बिहान नेतृ झाँक्रीलाई शंमखुलस्थित निवासबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट