काठमाडौं– पछिल्लो २४ घण्टामा ३०२३ जनाको नमुना परीक्षण गर्दा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा १११ जना संक्रमित निको भइ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा संक्रमित निको हुने दर ९८.६ प्रतिशत छ ।
आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ३३ जना छन् । संक्रमितमध्ये ६४ जनाको आइसियू र १३ जनाको भेन्टिलेरटमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी विगत २४ घण्टामा ५ जना संक्रमितको निधन भएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणबाट निधन हुनेको संख्या २०५२ पुगेको छ ।