अफगान सेनाको हवाई कारबाहीमा २७ लडाकू मारिए-Sutra News

अफगान सेनाको हवाई कारबाहीमा २७ लडाकू मारिए

बिहिबार, २९ माघ २०७७

बिहिबार, २९ माघ २०७७

लस्कर गह- अफगान सेनाले हेल्मन्ड प्रान्तमा बुधबार गरेको हवाई कारबाहीमा तालिबान समूहका कम्तीमा २७ जना लडाकू मारिएका छन् ।



सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा तालिबान लडाकूहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा हवाई कारबाही गरिएको उल्लेख छ ।

सेनाले हवाई कारबाही मुख्यतः नावा, नहर–ए–सेराज र गर्मसिर जिल्लामा केन्द्रित भएको जनाएको छ । कारबाहीमा लडाकूतर्फका हन्जला र बाराकात नाम गरेका कमान्डर पनि मारिएको सेनाको दाबी छ ।

तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट