काठमाडौं- नेकपा प्रचण्ड-नेपाल पक्षकी युवा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । बिहीबार दिउँसो शंखमूलस्थित निवासबाट पक्राउ परेकी नेतृ झाँक्रीलाई बिहीबार साँझ प्रहरीले रिहा गरेको हो ।
प्रहरीको अपराध अनुसन्धान महाशाखाले राज्यबिरुद्ध अभियोगमा नेतृ झाँक्रीलाई बिहीबार दिउँसो पक्राउ गरेको थियो ।
नेकपा, कांग्रेसलगायत मुख्य दलहरुका प्रमुख नेताहरुले झाँक्री पक्राउको विरोध गर्दै तत्काल रिहाइको माग गरेका थिए।
नेतृ झाँक्रीले गोरखामा केही दिनअघि एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्ध लाञ्छना लगाएको भन्दै उनलाई पक्राउ गरिएको हो ।