रिहाइपछि झाँक्रीले दिइन् प्रधानमन्त्री र राष्ट्रपतिलाई यस्तो चेतावनी-Sutra News

रिहाइपछि झाँक्रीले दिइन् प्रधानमन्त्री र राष्ट्रपतिलाई यस्तो चेतावनी

बिहिबार, २९ माघ २०७७

बिहिबार, २९ माघ २०७७

काठमाडौं- नेकपाकी युवा नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिले गरेको गलत कामको विरोधमा आफूले बोलेकोमा कुनै पछुतो नभएको बताएकी छन् ।



बुधबार साँझ अपराध अनुसन्धान महाशाखाबाट रिहाइ भइपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै राष्ट्रपति विद्यादेवि भण्डारी विरुद्ध बोलेकोमा पछुतो नभएको बताएकी हुन् । उनलाई चौतर्फी दबाबपछि प्रहरीले विना शर्त रिहा गरेको छ ।

उनले भनिन्, ‘मलाई जति समय राख्यो उति सरकारलाई घाटा हुने भएपछि मलाई छाडेको हो ।’ झाँक्रीका पति पशुपति पुरीको जिम्मामा प्रहरीले छाडेको हो ।

झाँक्रीले आफ्नो विना शर्त रिहाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कार्य एकपछि अर्को गरी गतल सावित हुँदै गएको दाबी गरिन् ।

आफूलाई ओलीको डाठो निर्देशनमा पक्राउ गरिएको दाबी गर्दै उनले भनिन्, ‘यसले ओलीका कमदहरु एकपछि अर्को गलत हुँदैछन् भन्ने देखिएको छ । उहाँको सरकार ढल्छ ।’

उनले प्रतिगनविरुद्धको आन्दोलन थप शसक्त हुने उल्लेख गरिन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट