‘तिमीसँगै हुने मन छ’ मा दीपिका र भारतीय अभिनेता रोहितको इन्ट्री-Sutra News

‘तिमीसँगै हुने मन छ’ मा दीपिका र भारतीय अभिनेता रोहितको इन्ट्री

बिहिबार, २९ माघ २०७७

बिहिबार, २९ माघ २०७७

काठमाडौं- निर्देशक दिवाकर भट्टराईले नयाँ फिल्म ‘तिमीसँगै हुने मन छ’ को घोषणा गरेका छन् । उक्त फिल्ममा उनले आफ्नौ श्रीमती अभिनेत्री दीपिका प्रसाईंलाई मुख्य नायिकाको रूपमा आवद्ध गरेका छन् । 



त्यस्तै फिल्ममा अभिनेता भने नयाँ अनुहारको भित्रिएका छन् । फिल्मको मेल लिड क्यारेटरमा दिवाकरले इन्डियन टिभी सिरियलका अभिनेता रोहित सुचान्तिलाई भित्र्याएका हुन् । दिवाकरले रोहितसँग कागजी सम्झौतासमेत गरिसकेका छन् ।

रोहितले साथ निभाना साथिया, वरियर हाइच जस्ता आधा दर्जन बढी पपुलर टिभी सिरियलमा काम गरेका छन् भने उनी इन्डियाकै चर्चित रियालिटि शो बिग बोस १२ का पनि कन्टेस्टेन्ट रहेका थिए ।

त्यस्तै फिल्मका लागि प्राविधिक टिम पनि इन्डियाबाटै आउने बताएको छ । फिल्मको छायांकन भने चैत्र बाट सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट