भारतमा २४ घण्टामा ८५ संक्रमितको मृत्यु, ९ हजार ३५३ जनामा संक्रमण-Sutra News

भारतमा २४ घण्टामा ८५ संक्रमितको मृत्यु, ९ हजार ३५३ जनामा संक्रमण

शुक्रबार, ३० माघ २०७७

शुक्रबार, ३० माघ २०७७

काठमाडौं- भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ४८४ पुगेको छ ।



पछिल्लो २४ घण्टामा थप ८५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार ४८४ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ९ हजार ३५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ८ लाख ८० हजार ४१३ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ५ लाख ८७ हजार ३५१ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ३७ हजार ५७८ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट