हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार-Sutra News

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

शुक्रबार, ३० माघ २०७७

शुक्रबार, ३० माघ २०७७

ताप्लेजुङ- हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको हो ।



राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजंघा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो ।

लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सिरिजंघा–५ वडाध्यक्ष पूर्णसिंह लिम्बूले जानकारी दिए ।

बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हवाई उद्धारका लागि हेलिकोप्टर मगाएको वडाध्यक्ष लिम्बूले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट