काठमाडौं- फिफा क्लब विश्वकप फुटबलको उपाधि जर्मन क्लब बायर्न म्युनिखले जितेको छ ।
कतारमा बिहीबार राति भएको फाइनलमा मेक्सिकोको टाइग्रेसलाई १-० ले हराउँदै बायर्न च्याम्पियन बनेको हो ।
अहमेद विन अली स्टेडियममा बायर्नलाई जित दिलाउन बेन्जामिन पाभर्डले ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
यससँगै बायर्नले दोस्रोपटक क्लब विश्वकपको उपाधि जितेको छ ।