केपी ओलीलाई प्रचण्ड–नेपालले दिए फेरि यस्तो चेतावनी, अन्तिम धक्काका लागि तयार रहन जनतालाई आव्हान-Sutra News

केपी ओलीलाई प्रचण्ड–नेपालले दिए फेरि यस्तो चेतावनी, अन्तिम धक्काका लागि तयार रहन जनतालाई आव्हान

शुक्रबार, ३० माघ २०७७

शुक्रबार, ३० माघ २०७७

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड-नेपाल समूहले अन्तिम धक्काको लागि तयार रहन आव्हान गरेको छ ।



सोनाम ल्होसार पर्वको अवसरमा अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले संयुक्त शुभकामना वक्तव्य निकाल्दै जनताको बलिदान, संघर्ष र प्राप्त जनमतको उपहास गरी संविधानको सफल कार्यान्वयन र संरक्षण नभएको भन्दै प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा होमिनुको विकल्प नभएको उल्लेख गरेका छन् ।

‘समुदायको पहिचान र हक अधिकारका लागि नेपाली जनताले सयौं वर्षदेखि संघर्ष गर्दै आएका छन् । नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र त्यागले नै नेपालमा धर्मनिरपेक्षता, समानुपातिकता, समावेशिता, संघीयता र गणतन्त्रात्मक व्यवस्था कायम भएको हो’ शुभकामना वक्तव्यमा भनिएको छ, ‘पछिल्लो घटनाका रूपमा सरकारको तर्फबाट उत्पीडनमा परेका जाति, क्षेत्र र लिङ्गका जनताको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास सुरु भएको छ । प्रतिगामी कदमविरुद्ध अन्तिम धक्काका लागि तयार रहन हार्दिक आव्हान गर्दछौं ।’

sutra (2).PNG

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट