कोरोना संक्रमितको संख्या क्रमशः घट्दै, आज थपिए १२७ जना-Sutra News

कोरोना संक्रमितको संख्या क्रमशः घट्दै, आज थपिए १२७ जना

शुक्रबार, ३० माघ २०७७

शुक्रबार, ३० माघ २०७७

काठमाडौं- विश्वका विभिन्न मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या बढी रहेको छ भने कुनै मुलुकमा न्युन हुँदै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा १ हजार ३५१ जनाले ज्यान गुमाए । त्यहाँ काेराना संक्रमित बढीरहेका छन् ।



भारत, चीन, रुस जस्ता शक्ति राष्ट्रले कोराना भाइरसविरुद्धको खोपको विकास गरिसकेका छन् । कतिपय मुलुकमा लगाउन समेत सुरु भइसकेको छ । तर पूर्ण भने नभएको विज्ञहरूले बताएका छन् ।

नेपालमा कोरानाका बिरामीहरू क्रमशः कम हुँदै गएका छन् । दिनप्रति दिन संक्रमितको संख्या घटी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जोखिम भने छ । मानिसहरूले कोरोनाको बेवास्ता गर्न थालेका छन् ।

माघ ३० गते शुक्रबार पछिल्लो २४ घण्टामा देशभर ४ हजारजनाको नमुना परीक्षण गर्दा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा १३६ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ६२ जनाको आइसियूमा र १४ जनाको भेन्टिलेरमा उपचार भइरहेको छ ।

त्यसैगरी थप दुईजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसमेत हालसम्म संक्रमणबाट निधन हुनेको संख्या २०५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट