रुसी खोप स्पुत्निक-भी लाई २६ देशमा अनुमति-Sutra News

रुसी खोप स्पुत्निक-भी लाई २६ देशमा अनुमति

शुक्रबार, ३० माघ २०७७

शुक्रबार, ३० माघ २०७७

मस्को- कोरोना भाइरसविरुद्ध रुसमा विकास गरिएको खोप प्रयोगका लागि विश्वका २६ देशमा अनुमति दिइएको छ ।



रूसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ) ले रुसी खोप स्पुत्निक–भी प्रयोगका लागि २६ देशले अनुमति दिएको शुक्रबार जनाएको छ ।

‘अहिलेसम्म विश्वका २६ देशका अधिकारीहरूले स्पुत्निक–भीको प्रयोगका लागि अनुमति दिइसकेका छन्,’ आरडिआइएफद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

यति धेरै देशहरुले कोरोनाविरुद्ध लड्नका लागि स्पुत्निक–भीको प्रयोग गर्न अनुमति दिइएकाले यो खोप विश्वकै धेरै लोकप्रिय खोप अन्तर्गत परेको अधिकारीहरूको भनाइ छ ।

उनीहरूका अनुसार धेरै माग गरिएका मध्ये तेस्रो क्रममा स्पुत्निक-भी खोप परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट