भागरथी हत्याका दोषीलाई कारबाही गर: महिला आयोग-Sutra News

भागरथी हत्याका दोषीलाई कारबाही गर: महिला आयोग

शुक्रबार, ३० माघ २०७७

शुक्रबार, ३० माघ २०७७

काठमाडौं- राष्ट्रिय महिला आयोगले बैतडीकी भागरथी भट्टको हत्याको घटनामा सत्यतथ्य छानबीन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई अपिल गरेको छ ।



आयोगकी सदस्य कृष्णकुमारी खतिवडा नेतृत्वमा घटनास्थल पुगेको टोलीले राज्यका तर्फबाट तत्काल अध्ययन अनुसन्धान शुरु भएको पाइएको बताइएको छ ।

अनुसन्धानमा खटिएका अधिकारी संवेदनशील भएर काम गरिरहेको टोलीले बताएको छ । आयोगले पीडितको परिवारको संरक्षणमा भने ध्यान दिन अनुरोध गरेको छ ।

आयोगकी अध्यक्ष कमला पराजुलीले सो घटनाका अपराधी पत्ता नलाग्ने नहोस् भनेर आयोग क्रियाशिल भएर लागेको बताइन् ।

घटना बाहिर आउनासाथ गृहमन्त्री रामबहादूर थापासँग गम्भीर छलफल भएको उनले बताइन् । घटनाबारे बुझ्नका लागि नै टोली पठाइएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट