६.४ म्याग्निच्युडको भूकम्पको धक्का-Sutra News

६.४ म्याग्निच्युडको भूकम्पको धक्का

शनिबार, १ फाल्गुन २०७७

शनिबार, १ फाल्गुन २०७७

काठमाडौं- ६.४ म्याग्निम्युडको भूकम्पका कारण पाकिस्तानको राजधानीसहितका विभिन्न शहरमा जनजीवन केही समय प्रभावित बनेको छ ।



शुक्रबार राति गएको भूकम्पको धक्का पाकिस्तानको राजधानी इस्लामावाद तथा भारतका केही क्षेत्रमा समेत महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

पाकिस्तानको राजधानी इस्लामावादसहित देशको उत्तरी क्षेत्रका ठूलो धक्का महसुस भएको डनले जनाएको छ ।

पाकिस्तानको पञ्जाव तथा खैबर पख्तुन्ख्वासहितका प्रान्तमा भूकम्पको धक्का थाहा भएको हो । राति १० बजेपछि भूकम्प गएको हो ।

भूकम्प ताजकिस्तान केन्द्रविन्दु भएर गए पनि पाकिस्तानको उत्तरी क्षेत्रमा बढि धक्का महसुस भएको हो । ताजकिस्तान तथा पाकिस्तानमा भूकम्पका कारण मानवीय क्षति भएको खबर छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट