कांग्रेस र नेकपाको व्यवहारबाट जनता आजितः अध्यक्ष थापा-Sutra News

कांग्रेस र नेकपाको व्यवहारबाट जनता आजितः अध्यक्ष थापा

शनिबार, १ फाल्गुन २०७७

शनिबार, १ फाल्गुन २०७७

मकवानपुर- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राष्ट्रमा निर्वाचन प्रणाली निकै खर्चिलो भएको हुँदा दलले जनताको नाउँमा निष्ठा र इमान्दारिताको राजनीति अंगिकार नगर्दा अहिले राजनीतिक संकट उत्पन्न भएको बताएका छन् ।



अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा शुक्रबार हेटौँडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा नेपाली कांग्रेस र नेकपाको व्यवहार र कामबाट जनता अहिले आजित भएको बताए । उनले लोकतन्त्रको आवरणमा मुलुकमा भ्रष्टाचार हावी भएको आरोप लगाए ।

उनले सार्वभौम सम्भावनासहितको सनातन धर्मको रक्षा गर्न सबै नेपालीको चिन्तन आवश्यक रहेको उल्लेख गरे ।

जिल्ला भेलामा राप्रपाका केन्द्रीय सदस्यत्रय मधु अधिकारी, राजाराम बर्तौला, नवराज विष्ट, नेता बालकृष्ण कार्की, हेटौँडा उपमहानगरपालिका राप्रपाका नगर अध्यक्ष गुरुप्रसाद सापकोटा तथा राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले राप्रपाले नेपालको संविधानको भावनालाई आत्मसात गर्दै जनतालाई शान्ति सुरक्षा, मौलिक हकको संवद्र्धन गर्न र आर्थिक सुमृद्धितर्फ उन्मुख गराउन सङ्घीय संसद् र प्रदेशसभामा सकरात्मक भूमिका निर्वाह गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट