यमनमा २० लाख बालबालिका कुपोषणको चपेटामाः राष्ट्रसंघ-Sutra News

यमनमा २० लाख बालबालिका कुपोषणको चपेटामाः राष्ट्रसंघ

शनिबार, १ फाल्गुन २०७७

शनिबार, १ फाल्गुन २०७७

काठमाडौं- द्वन्द्वग्रस्त मुलुक यमनमा सन् २०२१ मा २० लाखभन्दा बढी बालबालिका भोकमरीमा पर्ने आकलन गरिएको छ ।



संयुक्त राष्ट्रसंघीय विभिन्न निकायले सार्वजनिक गरेका विवरणहरुका अनुसार उनीहरु ५ बर्षभन्दा कम उमेरका बालबालिकाहरु मात्रै हुन् ।

लामो समयदेखिको द्वन्द्वका कारण अति गरिव मुलुकमा पर्न गएको यमनमा द्वन्द्व र गरिवीका कारण बालबालिकाहरुले भोकमरीको सामना गर्नुपर्ने अवस्था आएको जनाइएको छ ।

यो वर्ष भोकमरी तथा कुपोषणमा पर्ने २० लाखमध्ये झण्डै चार लाख बालबालिकामा कुपोषणका कारण मृत्युको जोखिम देखिएको पनि राष्ट्रसंघीय निकायले उल्लेख गरेको छ । भोकमरीमा पर्ने र मृत्यु हुनेहरुको सङ्ख्या अघिल्लो बर्षकोभन्दा धेरै हुने अनुमान गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

भोकमरीबाट प्रभावितहरूको संख्या बढेपछि उनीहरूका लागि सहयोगको पनि अभाव हुने आशंका गरिएको छ । यसले यमनमा मानवीय सहायतसम्वन्धी सहयोगमा पनि असर पर्ने अधिकारीहरूले जनाएका छन् । राष्ट्रसंघीय अधिकारीहरुले १२ लाखभन्दा बढी गर्भवती तथा सुत्केरी महिलाहरूलाई पनि कुपोषणको खतरा रहेको बताएका छन् ।

‘अहिले देखिएको तथ्याङ्कले यमनमा मानवीय सहायताको अभाव अझ बढी हुनसक्ने देखिएको छ, हरेक बालबालिकाले बाच्न र कुपोषणमुक्त हुनका लागि संघर्ष गर्नु पर्ने भएको छ,’ विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बेस्लीले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट