नेकपा ओली समूहको बुटवलमा शक्ति प्रदर्शन, लाखौं मानिस सहभागी हुँदै-Sutra News

नेकपा ओली समूहको बुटवलमा शक्ति प्रदर्शन, लाखौं मानिस सहभागी हुँदै

शनिबार, १ फाल्गुन २०७७

शनिबार, १ फाल्गुन २०७७

काठमाडौं- नेकपाको ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दैछ । नेकपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा हुने सभामा अध्यक्ष ओलीलगायतका शीर्ष नेताले सम्बोधन गर्नेछन् । सभामा दुई लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ ।



माघ २८ मा प्रचण्ड-नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेकै दिन मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्चालमा एकै प्रदेशको विशाल सभा कस्तो हुन्छ हेर्न बुटवल आउनु भन्दै कटाक्ष गरेका थिए । मध्याह्न १२ बजेपछि बुटवल-७ को सिद्धेश्वर माविको प्रांगणमा हुने सभाअघि र्‍यालीले नगर परिक्रमा गर्नेछ ।

सभामा रूपन्देही जिल्लाबाट मात्रै एक लाख र अन्य जिल्लावाट एक लाख गरी २ लाख जनता भेला पार्ने ओली समूहका लुम्बिनी प्रदेशका इन्चार्जसमेत रहेका मुख्यमन्त्री पोखरेलले बताएका छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि नेकपा विभाजित छ ।

ओली पक्षधरहरू चुनावी पक्षमा जनलहर देखाउन शक्ति प्रदर्शन गरिरहेको छ भने प्रचण्ड-नेपाल समूह चुनावलाई चुनौती दिँदै प्रतिनिधिसभा पुनर्स्थापित हुन पर्ने मागसहित संंघर्षमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट